विजयपुर । विद्युत प्राधिकरणको निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः नियुक्तिको माग गर्दै धरानमा प्रर्दशन भएको छ ।

धरान नगरका सर्वसाधारणको स्वतन्त्र समुहले प्लेकार्ड सहित प्रर्दशन गरेको हो । उनीहरुले बोकेको प्ले कार्डमा ‘केपी ओली बाइबाई, कुलमान घिसिङ हाईहाई’, ‘नातागोता बाईबाई कुलमान घिसिङ हाईहाई, भ्रष्टहरु पटक पटक राम्रा किन एक पटक, उज्यालो नेपालको शानलाई पुनः नियुक्ति कुलमानलाई’ लगायतका प्ले कार्डहरु बोकेका थिए । ‘अन्य काम नगर्ने मान्छेलाई धेरै पटक नियुक्त गर्न मिल्ने तर काम गर्ने मान्छेलाई किन एकै कार्यकालमा विदाई गर्ने’ भन्दै प्रर्दशन गरेको समुहका राजेश खिमदुङले जानकारी दिए ।

यो भन्दा पहिले निर्देशक घिसिङको कार्यकाल समाप्त नभई सामाजिक सञ्जालमा चर्को दवाब आएको थियो । तर, पनि सरकारले मंगलबार प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइरालालाई नियुक्त गरेको छ । नियुक्त गरेपछि थप प्रर्दशनहरु हुन थालेका छन ।