दमक । अहिले तल्लो वर्गका नागरिक रोगले भन्दा पनि भोकले ज्यान गुमाउनु पर्ने हो कि भन्ने चिन्तामा देखिन थालेका छन् । सरकारले असोज १ गते देखी लक डाउनलाई केहि खुकुलो बनाएपनि शैक्षिक क्षेत्र अझै अन्यौलमा छ ।

केहि निजी विद्यालयका अनलाईन कक्षा मार्फत अध्ययन अध्यापन गराएपनि त्यसको पूर्ण प्रभावकारिता देखिएको छैन । जसले गर्दा अभिभावकहरुले शुल्क पनि तिरेका छैनन । अभिभावकले तिरेको शुल्कनै विद्यालयको  आम्दानीको श्रोत भएका विद्यालयमा बिगत  ६ महिना देखी आम्दानी सुन्य छ । आम्दानी सुन्य भएपछि  त्यहाँ कार्यरत  शिक्षक तथा कर्मचारीको  चुलो निभ्ने अवस्थामा पुगेको छ ।

झापाको दमक २ मा रहेको सनराईज इङलिस बोर्डिङमा  अध्यापन गर्दै आएकी उर्मिला बास्कोटाले  लक डाउन अघिको पनि पैसा पाएकी छैनन् । उनले माघ, फागुन र चैतको पैसा नपाएकी हुन । विद्यालयले तलव दिने बेलामा ठिक्क लक डाउन भएको र त्यहाँ यता विद्यालयले तलव तिने कुनै छाटकाट नदेखाएको बताईन । पटक पटक तोकदा गर्दा पनि आफ्नो पारिश्रमिक पाउन नसकेको उनले बताईन ।

मासिक  २३ हजार रुपैँया तलव रहेको उनको ३ महिनाको काम गरेकै तलव  समेत नपाउँदा उनलाई घरमा दैनिकी टानै मुस्किल छ ।  दमक ५ मा घर भाडामा बस्ने उनले पैसा नभएकै कारण ६ महिना देखी घरभाडा पनि तिर्न सकेकी छैनन् ।

उनका १ छोरा र १ जना छोरी पनि छन् । उनीहरुलाई पेटभरि खुवाउन समेत समस्या भएको उनले सुनाईन । त्यसबेला सिवद्यालयले अभिभावकबाट शुल्कपनि लिएको थियो र त्यो शुल्क लिएको अवधिको पैसा माग्दा समेत नदिएपछि आफुमा संकट सुर्जना भएको उनको दुखेसो छ ।

लक डाउनको अवधिको त विद्यालयले केहि दिन्छ भन्ने उनमा आस समेत नरहेको बताईन । यो विद्यालयमा  १७ जना शिक्षकहरुले अध्यापन गराउने गरेको र कसैले पनि काम गरेको पुरै तलव नपाएको गुनासो गरेका छन् ।

यता विद्यालयका  सञ्चालक जनार्दन मैनालीले  शिक्षकहरुले एकै पटक सबै तलव माग गरेकोले दिन समस्या भएको बताए । तत्काल विद्यालयको आम्दानीको श्रोत नभएका कारणले गर्दा शिक्षकहरुलाई तलव दिन नसकेको बताए । विद्यालयका बस चालक, सहचालक तथा अन्य कर्मचारीको हकमा लक डाउनको अवधिमा केहि खाद्यन्न सहयोग गरेर चुलो निभ्ने अवस्थ आउन नदिएको उनले बताए ।

यस्तै झापाकै कमल गाउँपालिकामा रहेको हिमाली इङलिस बोर्डिकका  शिक्षकहरुले पुष महिना देखी तलव पाएका छैनन् ।  ७ सय भन्दा बढी विद्यालय रहेको सो विद्यालयले  सञ्चालकको बैमानीका कारण तलव नपाएको बताएका छन् ।

सञ्चालकले  विद्यालयमा आम्दानी हुँदा हुदै पनि  शिक्षक तथा कर्मचारीलाई तलव नदिएर  अन्त लगानी गरेको कारणले  शिक्षक मारमा परेको उनीहरुको भनाई छ । यहि विद्यालयमा अध्यापन गराउने साहित्यकार शंकर चापागाई(धनकुटे कान्छा)का अनुसार  सञ्चालकले आफ्नो क्षमता देखाएर काम गर्न नखोज्दा अवस्था यस्तो भएको बताए ।

यस्तो अवस्थामा सरकारसँग सहजिकरण गरेर भए पनि विभिन्न वित्तीय सस्था मार्फत सहुलियत दरमा ऋण गरेर नै भए पनि शिक्षकहरुलाई  तलव दिनु पर्ने उनको भनाई छ । उनले सरकारसँग पनि केहि असन्तुष्टि राखेका छन् । 

निजी विद्यालयाका शिक्षकहरुले पनि सरकारलाई १ प्रतिशत कर तिर्ने गरेको तर राज्यले समेत वास्ता नगरेको उनको गुनासो छ । साथै यो बेलामा सरकारले  शिक्षा क्षेत्रलाई  सरकारीकरण गर्ने अवसरबाट समेत पछि हटेको बताएका छन् । शिक्षा र स्वास्थ्य सरकारको मातहतमा नरहे सम्म यस क्षेत्रमा देखिएको बेथीति र मनोपलीको अन्त्य नहुने उनले बताए ।

विकल्प सहितको सम्झौता

झापामा निजी क्षेत्रबाट सञ्चालन भएका  करिव ४ हजार विद्यालयहरु छन् । यसमा करिव ४ हजार शिक्षक तथा कर्मचारीहरु आश्रीत रहेको सस्थागत शिक्षक यूनियन (इस्टु) झापाले जनाएको छ । लक डाउन अघिको समयमा तलव नदिने विद्यालयका सञ्चालक तथा व्यउवस्थापन पक्षसँग पटक पटक  वार्ता गरेको  इस्टु झापाका अध्यक्ष होमराज खतिवडाले बताए ।

उनले  निजी विद्यालयका सञ्चालकहरुको संगठन प्याब्सन , एनप्याब्सनसँग  विभिन्न विकल्प सहितको सहमति गरेको बताएका छन् । तत्कालै चार्डपर्व आएकोले एक महिनाको तलव र एक महिनाको तलव बरारबरको दशैँ खर्च  उपलब्ध गराउने, त्यसपछि बाँकी रहेका महिनाको तलव  विद्यालय सञ्चालन भएपछि  उनीहरुले पाउने मासिक तलवमा  हरेक महिना ५/५ हजार वा सके जति थप्दै   लक डाउन अवधिको तलब उपलब्ध गराउने, यदि त्यसो पनि गर्न नसक्नेले  ती शिक्षकहरुको कोषमा  त्यो तलव जम्मा गरिदिने र त्यो शिक्षकले अवकास पाएको वा  विद्यालय छोडेको दिन एकमुष्ट दिने ।

यसो गर्दा  सबै शिक्षकलाई एकैसाथ सबै पैसा पनि दिन नपर्ने । ‘विद्यालयका लागि पनि सहज हामी शिक्षकहरुले पनि विद्यालयको अवस्था बुझेर सहमति हुने भएपछि हामीलाई पनि खासै गाह्रो नहुने । ’ उनले बताएका छन् ।

तर लक डाउन अघिको पनि तलव भुक्तानी गर्न बाँकी रहेका विद्यालयले चाहि तत्कालै जुनसुकै हालतमा पनि भुक्तानी गर्नु पर्ने उनको भनाई छ । असार मसान्त सम्म नै ती बाँकी रहेको महिनाको तलव भुक्तानी गर्ने सहमति भएको थियो यदि त्यो सहमती अुनसार भुक्तानी हुन सकेको छैन भने र शिक्षकहरुले गुनासो गर्नु भयो भने ती विद्यालयमा चाहि हामी चावी लगाउँछौ ।

उनले चेतावनी दिएका छन् । भोको पेटले सँधै आदर्शका कुरा गरेर साध्य नहुने भन्दै उनले  पालिका स्तरबाट पनि केहि रातमको प्याकेज घोषणा गरिदिन माग समेत गरेका छन् ।