ब्लाष्टखबर। नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३९ जनामा संक्रमण पुष्टि भएपछि हालसम्म जम्मा संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार १ सय ७२ जना संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म निको हुनेको संख्या ३८ हजार ६ सय ९७ जना पुगेको छ।
देशभर १५ हजार १ सय १७ जना सङ्क्रमितको उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या ३४५ पुगेको छ।