विराटनगर / विराटनगरस्थित न्यूरो–कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पतालले कोरोना संक्रमितको निःशुल्क उपचार सुरु गरेको छ ।

कोरोना संक्रमितका लागि छुट्टै कोरोना अस्पताल सञ्चालनमा ल्याएको न्यूरो अस्पतालले बुधबारबाट संक्रमितको उपचार निःशुल्क गरेको हो । सरकारसँग सम्झौता भएपछि न्यूरोले बुधबारबाट सेवा निःशुल्क गरेको हो ।

विराटनगर–९ महेन्द्र चौकमा रहेको न्यूरोको शाखा मदर एण्ड चाइल्ड अस्पताललाई ११ भदौबाट न्यूरोले कोभिड अस्पताल बनाएर सञ्चालनमा ल्याएको थियो । बुधबारबाट संक्रमितको उपचार निःशुल्क गरिएको न्यूरो अस्पतालका अस्पताल डाइरेक्टर इन्जिनियर रञ्जितराज बस्नेतले जानकारी दिए ।

न्यूरोले ५१ बेडको कोरोना अस्पताल सञ्चालन गरिरहेको छ । जसमा ४२ वटा बेड जनरल, ७ वटा आईसीयू र दुई वटा भेण्टिलेटर बेड राखिएको छ ।