मधुमल्ला । पछिल्लो समय पुर्वका अस्पतालहरुमा देखीएको रगत अभावलाई सहयोग पुर्याउने उदेश्यले मिक्लाजुङमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ मिक्लाजुङको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्रविधीक सहयोगमा मधुमल्लामा खुल्ला रक्तदान कार्यक्रम गरिएको राष्ट्रिय युवा संघ मिक्लाजुङका संयोजक शुशिल न्यौपानेले बताए । सामाजीक र भौत्तीक दुरीलाई ख्याल गरी उच्च सर्तकता अपनाई रक्तदान कार्यक्रम गरिएको युवा संघ मिक्लाजुङ सहसंयोजक सन्तोष खम्बुले बताए ।
रक्तदान कार्यक्रम मिक्लाजुङ ७ मा रहेको मनोहर जनता माविमा भएको थियो । रक्तदान कार्यक्रममा ७ महिला सहित ५५ जनाले रक्तदान गरेका थिए । यस बिषम परिस्थितीमा रक्तदान कार्यक्रममा उपस्थित भएर रक्तदान गर्नु हुने दाताहरुलाई राष्ट्रिय युवा संघ मोरङ जिल्ला सदस्यक नविन कार्कीले धन्यबाद ज्ञापन गरेका थिए । कार्यक्रमा उल्लेख्य मात्रामा नेकपाका गाउँ र जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।