धरान । धरान स्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानकाे कोभिड-१९ अस्पतालकी प्रमुख डा. कृष्णा पोखरेलले राजीनामा दिएकी छन् ।
व्यावस्थापन पक्षले अनावश्यक दबाब दिएको र कोरोना संक्रमित बिरामीको उपचारमा अग्रपंत्तिमा खटिएका चिकित्सकहरुको मनोबल गिराउने काम भएको भन्दै प्रतिष्ठानकाे काेभिड–१९ अस्पतालकी प्रमुख पोखरेलले साेमबार राजिनामा दिएकी हुन् ।
प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले कोभिड अस्पतलमा चाहिने औषधि खरिदमा माग फाराम भन्दा बाहिरका औषधिमा समेत हस्ताक्षर गर्न लगाएर अनावश्यक दबाब दिएको भन्दाै रामजिनामा दिएकी छिन् । उपकुलपती डा. गिरीलाइ सोमबार राजीनामा पत्र बुझाएकी छिन् ।
उनले व्यावस्थापनले समयमै संक्रमित उपचारमा चाहिने औषधि उपलब्ध नगराएको, अग्रपंत्तिका चिकित्सकहरूकाे मनाेबल गिराउने काम गरेकाे तथा अस्पताल प्रमुखका रुपमा निर्वाध रुपमा काम गर्ने वातावरण नबनेकाेले राजानीनामा दिएकाे बताएकी छिन् ।