मोरङ/ बेलबारी ८ बस्ने २८ बर्षीय फुलकुमारी धिमालको करेन्ट लागेर मृत्यु भएको छ ।

आफ्नै घरमा पङ्खा जोड्ने क्रममा अचानक करेन्ट लागेर बेहोस भएकी फुलकुमारीको पथरी अस्पतालमा उपचारको क्रममा बेलुका साढे ७ बजे मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।