धरान / कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घन्टामा नेपालभर १२ जनाले ज्यान गुमाएका छन् ।

मृत्यु हुनेहरुमा पाल्पाकी ३० वर्षीया महिला, काठमाडौँकी ५१ वर्षीया महिला, भक्तपुरकी ६२ वर्षीया महिला, पर्साका ४८ वर्षीय पुरुष, पर्साका ३९ वर्षीय पुरुष, सिरहाका ८४ वर्षीय पुरुष, गोरखाका ३८ वर्षीय पुरुष, कास्कीका ५८ वर्षीय पुरुष, काठमाडौँका ८३ वर्षीय पुरुष, ललितपुरका ७२ वर्षीय पुरुष, ललितपुरका ६१ वर्षीय पुरुष र भक्तपुरका ८२ वर्षीय पुरुष रहेको मन्त्रालयले जानकारी दिएको छ । यो सँगै हालसम्म मृत्यु हुनेको संख्या २०७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी शनिबार देशभर ८ सय ८४ नयाँ सङ्क्रमित थपिएका छन् । भने पछिल्लो २४ घण्टामा ३ सय १३ जना सङ्क्रमण मुक्त भएर घर फर्किएका छन्। हालसम्म २० हजार ५ सय ५५ सङ्क्रमित कोरोना मुक्त भएर घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा १० हजार ९ सय ७१ पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।