उर्लाबारी / उर्लाबारी–९ भोटेपुल निवासी टेकबहादुर कटुवालले पालेको ६ वटा खसी अचानक मरेपछि गाउँमा कृषकहरु चिन्तित बनेका छन । खसीहरु फुड् पोईजनका कारण मरेको हुन सक्ने उर्लाबारी नगरपालिकाको पशु शाखाको प्रारम्भिक अनुसंन्धानबाट खुलेको छ ।
खसीलाई शुक्रबार स्थानिय उल्टी झार नामको स्याउला घाँस दिएकोले उक्त झार खाएपछि खसी मरेका अनुमान गरीएको छ । उक्त घाँस खाएपछि खसीको पेट फुलेर उपचार गर्न नपाउँदै मरेको खसी धनी कटुवालले बताए । उल्टी झारलाई विषालु झार मानिन्छ ।
उर्लाबारी–७ का शिवकुमार श्रेष्ठको खेती गरी जिवीकोपार्जन गर्दै आएका कट्वालका ६ वटा खशी मर्दा करिव एक लाख ५० हजार सम्म क्षति पुगेको स्थानिय गाउँले बताएका छन । पिडीतलाई नगरपालिकाले पशु शाखा मार्फत राहत उपलब्ध गराउनु पर्ने स्थानिय बासीन्दाले मागले माग गरेका छन ।