मधुमल्ला । विगत लामो समय देखी निमार्ण कार्य शुरु भई अलपत्र अवस्थामा रहेको उर्लाबारी मधुमल्ला रबि सडक खण्डको उर्लाबारी–मधुमल्ला–तोरीबारी सडक खण्डको अधुरो सडक मर्मत सुरु भएको छ । मोरङ क्षेत्र नं. १ का प्रदेश सभा सदस्य कुल प्रसाद साम्बाको बिषेश पहल तथा स्थानीय सरकार र स्थानीयवासी निरन्तरको पहलमा भगनवसेस अवस्थामा रहेको सडको निमार्ण कार्य शुक्रबार बाट सुरु भएको हो ।
०६९ जेठ ४ मा तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी काठमाडौंको प्रेरा–ज्योति जेभीले सो सडक ठेक्का लिएको थियो । कुल लागत ८ करोड ९४ लाख रुपैयाँमा ठेक्का लागेको थियो । उर्लाबारी–मधुमल्ला–तोरीबारी १२.४ किलोमिटर सडक कालोपात्रेसहित निर्माणका लागि सरकारले ०६८ फागुनमा टेन्डर आब्हान गरेको थियो ।
ज्वोइन्टमा ठेक्का लिई काम थालेको ज्योती कन्ट्रक्सनले काम पुुरा नगरी अलपत्र अवस्थामा छोडेको थियो । सो सडक निमार्ण सम्पन्न नहुदै भत्कीन थलेकोे भन्दै स्थानीयले गुणस्तरीय काम गर्न बिभिन्न सरोकारवाल निकायमा बारम्बार धाएका थिए । स्थानीयको दबाबका बावजुत पनी ठेकादार कम्पनीले काम गरेको थिएन ।
ठेक्काको जिम्मा लिई काम गरेको ज्योति कन्ट्रक्सनले गुणस्तरीय र सम्झौता अनुसारको काम नगरेकाले अब सो अधुरो रहेको काम प्रेरा कन्ट्रक्सनले गर्ने प्रेरा कन्ट्रक्सनका प्रतिनिधी भुपाल राईले बताए ।
गुणस्तर अनुसारको काम नगरेकाले स्थानीयहरुले पटक पटक बिभिन्न चरणमा काम गर्न दबाब दिएको स्थानीय सरोकारवाला सरोज पोख्रेलले बताए । नागरिकका जायज मागलाई ठेकेदार कम्पनीले वेवास्ता गरेकाले अख्तियारमा उजुरी सम्म गरेको पोख्रेलले बताए ।
सम्झौता अनुसारको काम नभएकाले संयुक्त काम गर्दै आएको प्रेरा–ज्योति जेभीे मध्ये ज्योतीले काम छाडेकाले बाँकी रहेको काम अब प्रेरा कन्ट्रकसनले गर्ने पुर्वाधार विकास विराटनगरका इन्जीनियर किशोर पुरीले बताए । साथै कार्यालयले निर्माण हुदै गरेको कामको पुर्ण निगरानी गर्ने पुरीले बताए । मर्मत गर्नु पर्ने करिब १.६ किमी सडकको पुर्ण मर्मत र सडकका खाल्डा खुल्डी अब प्रेरा कन्टक्सनले पुर्ने छ ।
मिक्लाजुङ गाउँपालिकाको सबै भन्दा बढी चाप पर्ने र मुख्य सडक भएकाले यस सडकको पुरानो बाँकी रहेको कामलाई निरन्तरता दिन विभिन्न बाधा अवरोधहरुलाई झेल्दै कार्य गरेको मिक्लजुङ गाउँपालिका उपाध्यक्ष सरला राईले बताइन । यस कामलाई निरन्तर पहल गर्न प्रदेश सभा सदस्य कुल प्रसाद साम्बको मुख्य भुमीका रहको गाउँपालिका उपाध्यक्ष तथा उर्लाबारी मधुमल्ला सडक अनुगमन समिति सहसंयोजक सरला राईले बताइन । अब अधुरो रहेको काम पुुरा हुने राईको भनाई छ ।
ज्योती कन्ट्रक्सनले समयमा काम नसक्दा यस्तो अवस्था आएको मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यले बताए । अधुरो रहेको करिब १.६ कीमी सडक कालो पत्रे र खाल्डा खुल्डी समेतको मर्मत प्रेरा कन्ट्रक्सनले गर्ने अचार्यले बताए ।
यस सडकलाई नजिक बाट नियाल्दै आएका प्रदेश सभा सदस्य कुल प्रसाद साम्बाले विगतमा बिभिन्न बाहानामा यो सडक निर्माणमा ढिलाई भएको र यसले मिक्लाजुङ बासीलाई असर पुगेको बताउँदै अब यो सडकको अधुरो काम बन्ने सामम्बाले बताए ।
साथै यो सडक प्रदेश नं. १ को सामारिक महत्वको सडक भएकाले यसको काम हुनु आवस्यक रहेको साम्बाको भनाई छ । गुणस्तरीय र समय काम नभएकाले अख्तियारमा मुद्धा समेत विचाराधिन अवस्थामा रहको र अधुरो काम पुरा हुनासाथ मुद्धा सकिने आसा गरेको प्रदेश सभा सदस्य साम्बाले बताए । मुद्धा किनारा लाग्ना साथ यस सडकलाई थप प्राथमिकतामा राखेर यो सडक निमार्ण कार्य अघि बढने साम्बाको भनाई छ ।
यस क्षेत्रका जनताले अब थप यस सडक सम्बन्धी समस्या झेल्नु नपर्ने साम्बाको बताए ।