बेलबारी । मोरङको सुन्दरहरैचामा पनि युवाहरुले लकडाउनको समयमा आर्थिक रुपले अति विपन्न परिवारको खाद्यान्न राहतका लागि ‘फुड बैंक’ सुरु गरेका छन् । शुक्रबार विहान सुन्दरहरैचाको विराटचौकमा नेपाल तरुण दलले ‘फुड बैंक’ सुरु गरेको हो ।

शुक्रबार विहान सम्म ‘फुड बैंक’ उद्घाटनको समयमा आर्थिक रुपले अति विपन्न वर्गका लगभग ४५ जनाले राहत लगेका छन् । लकडाउनका कारण समस्यामा परेका नगरपालिका भित्रका आर्थिक रुपले अति विपन्न, असहाय, असक्त परिवारलाई प्रति परिवार चामल, दाल, खाने तेल र नून राहत दिने उद्देश्यले स्थापना गरेको कार्यक्रम संयोजक तथा तरुण नेता राजिब रिमालले बताए ।

उनले यो व्यवस्थापनमा नगरका विभिन्न संघ संस्था संग सहकार्य गरेर राहत सामग्री संकलन गरेको उनलेे बताए । ‘हुनेले दिएर जाऔंं, नहुनेले लिएर जाउँ’ भन्ने नाराका साथ अभियानमा नेपाल तरुण दल, सुन्दरहरैचा लगायत युवाहरु यो अभियानमा जुटेका छन् ।