धरान/ राष्ट्रिय सभा, प्रत्यायोजित विधायन तथा सरकारी आश्वासन समितिद्धारा प्रकाशित प्रत्यायोजित विधायन सम्बन्धी परिचयात्मक पुस्तिकाको विमोचन हिजो गरिएको छ ।
उक्त पुस्तकको विमोचन प्रत्यायोजित विधायन तथा सरकारी आश्वासन समितिकाे सभापति रामनारायण बिडारीले गरेका थिए ! विमोचनका क्रममा बिडारीले यस पुस्तकमा प्रत्यायोजित विधायन सम्बन्धी परिचय, राष्ट्रिय अन्तराष्ट्रिय प्रयोगको अनुभव, यस्का सकरात्मक नकरात्मक पक्षहरु पनि समेटिएका कारण उपयोगी हुने विचार व्यक्त गरे ।
कोरोना संक्रमणको जोखिम उच्च रहेको वर्तमान परिस्थीतिमा प्रविधिको उपयोग गरि सहभागिहरुको भर्चुअल उपस्थीतिमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
सो कार्यक्रममा प्रदेश १ का सभामुख प्रदिप कुमार भण्डारीले पनि सहभागिता जनाएका थिए । उनले नौलो संरचनाको अभ्यास गरिरहेको अवस्थामा काम गर्दै सिक्दै अनुभव संगाल्दै गरिरहेको सन्दर्भमा यो पुस्तकले प्रदेशसभाको काम कार्वाहीलाई अझ प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने बताए।
कार्यक्रममा बाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी, कर्णली प्रदेशका सभामुख राजबहादुर शाही, प्रदेशसभामा सचिवहरुलगायतको सहभागिता रहेको थियो ।