बराहक्षेत्र/मोरङ्गको ग्रामथान गाउँपालिका वडा–५ मा बुधबार राती आगलागी हुँदा घरकै एक व्यक्ति घाइते हुनुका साथै लाखौको क्षेति भएको छ । 

तिर्थ राज रिजालको भान्सा कोठामा राति ९:३० बजे बिधुत सर्ट भएर आगलागी हुँदा आगो निभाउने क्रममा उनि आफै घाइते भएका हुन्। भान्साकोठा रहेको ग्यास पड्किदा स्थानियबासीहरु जुटेका आगोलाई नियन्त्रण गर्न प्रयास गरेता पनि पछि बिराटनगर र सुन्दरहरैंचाको बारुण यन्त्रले आगो नियन्त्रणमा लिए ।

गोठबाट गाइ निकाल्ने क्रममा रिजाल घाइते भएको परिवारले बताए । रिजाललाई उपचारका लागि नोबेल मेडिकल अस्पताल बिराटनगर लगिएको ग्रामथान गाउँपालिका इलाका प्रहरीले जानकारी दिएका छ। भान्छा कोठा र गोठमा भने पूर्णक्षति पुगेको छ। खाद्दनका समाग्री जलेर नष्ट भएको छ भने स्थानिय, प्रहरी समयमै जुटेपछि थप क्षति हुन् नपाएको प्रहरीले बताए ।