मुधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिकामा गाउँपालिका बासीहरुमा गुणस्तरी स्वास्थ्य सेवा पुर्याउने उदेश्यले लाईफ लाईन हेल्थ केयर सेन्टरको उद्घाटन गरिएको छ ।

मधुमल्लामा पहिलो पटक दैनिक विषेशज्ञ डाक्टरहरु तथा २४ सै घण्टा एम बिबि एस डाक्टरहरु सहितको सेवा सञ्चालन गर्ने हेल्थ केयर संचालक डा. निर्मल श्रेष्ठले बताए । उक्त हेल्थ केयरले २४ सै घण्टा इमरजेन्सी सेवा,ल्याब, रगत, दिशा, पिशाब,थाइराईड, डिजिटल एक्स रे,भिडियो एक्स रे, दैनीक मुटु जाँच, माइनर अपरेशन, लगायत बिभिन्न प्रकारका स्वास्थ्य परिक्षण सेवा संचालन गरिने हेल्थ केयर सेन्टरका अर्का संचालक डा. अनिल भट्टराईले बताए ।

118036421_2812814618998418_1093662761509516132_n

मगंलबार मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्य रिबन काटेर हेल्थ केयर सेन्टरको उद्घाटन गरेका थिए । साथै आचार्यले मिक्लाजुङबासी जनसमुुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सुझाएका थिए । साथै पालीकाले हेल्थ केयरलाई आवस्यक सहयोग गर्ने बताए ।

कार्यक्रममा गाउँपालीका उपाध्यक्ष सरला राई, नेका मिक्लाजुङ सभापती सेमन्तराज दाहाल, नेका मिक्लाजुङका नेता मानबहादुर राई लगायतको उपस्थिती रहेको थियो । उद्घाटन कार्यक्रममा विभिन्न विशेषज्ञ डाक्टरहरुको उपस्थितीमा सामाजिक दुरी कायम गरी १५० भन्दा बढी विरामीहरुलाई निःशुल्क ओ.पि.डि.सेवा सहित मास्क वितरण गरीएको उक्त हेल्थ केयरका व्यवस्थापक मणि भट्टराईले जानकारी दिए ।