ब्लाष्टखबर । १६ बुँदे मागसहित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्टाफ नर्सहरू आन्दोलित बनेका छन् ।
काराेना संक्रमणकाे जाेखिम महसुस गरी पटक–पटक माैखिक रूपमा सुरक्षा सामाग्री (फूल पीपीइ किट) माग गरे पनि प्रतिष्ठानकाे व्यवस्थापनले माग सम्बाेधन नगरेकाे भन्दै सम्पूर्ण विभागका तथा वार्डका नर्सहरू आन्दाेलित बनेका हुन् ।
प्रतिष्ठान निर्देशक प्रा.डा. गाैरीशंकर साहलाई १६ बुँदे मागसहितकाे ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्र बुझाउने क्रमका केहीबेर नर्सतर्फका प्रतिनिधि र प्रतिष्ठानका अस्पताल निर्देशक साह, मेट्रोन उपेन्द्र यादवसँग मागको बिषयमा छलफल भएकाे थियाे ।
छलफलमा दुवै सकरात्क देखिए पनि अाफूहरूले मात्र केही गर्ने नसक्ने प्रतिकृया आएपछि उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीलाई पनि ज्ञापन पत्र बुझाउन लागेकाे सहभागी एक नर्सले बताइन् । ६ महिनासम्म प्रशासनकाे अाशामा बसेकाे भए पनि अब माग सम्बाेधन नभए शसक्त आन्दाेलनमा उत्रिने ती नर्सले बताइन् ।
आन्दाेलनलाई प्रतिष्ठानका हेल्पर तथा हेल्थ एडले पनि समर्थन जनाएकाे छ । संक्रमित बिरामीकाे हेरचाहमा खटिएका नर्सहरूलाई क्वारेन्टिनकाे व्यवस्था नगर्दा परिवारका सदस्यमा पनि जाेखिम बढेकाे उनीहरूले बताएका छन् । उनीहरूले नेपाल सरकारले काेराेना जाेखिम भत्ता दिएकाे भए पनि प्रतिष्ठानले उक्त भत्ता नदिएकाे गुनासाे गरे ।