ब्लाष्टखबर । अमेरिकाकाे फ्लाेरीडामा ७५ कराेड लामखुट्टे छाेडिने भएकाे छ । उक्त लामखुट्टेकाे स्थानीय प्रजातिको सङ्ख्या कम गर्न वंशाणुगत संरचनामा परिवर्तन गरिएका वीवीसीले उल्लेख गरेकाे छ । प्रकृतिमा छाेडिने ती लामखुट्टेले  डेङ्गी र जीका भाइरसजस्ता रोग सार्ने लामखुट्टेको सङ्ख्या कम गर्ने अपेक्षा गरेका फ्लाेरीडाका अधिकारीउरूलाइ उद्ध्रित गर्दै वीवीसीले समचारमा उलेख गरेकाे छ ।

त्यहाँकाे वातावरणवादी समूहहरूले उक्त कार्यकाे विराेध गरेकाे छन् । उनिहरूले साेचिएकाे भन्द उल्टाे असर गर्न सक्ने वा अन्य प्रकृतिक परिवर्तन या असर गर्न सक्ने भन्दै विराेध गरीरहेका छन् । 

गत मे महिनामा अमेरिकी वातावरणीय निकायले ब्रिटिश-अमेरिकी अक्सिटेक कम्पनीलाई एक प्रजातिको भाले लामखुट्टेलाई वंशाणुगत संरचनामा परिवर्तन गरेर उत्पादन गर्न स्वीकृति दिएकाे थियाे ।  ती लामखुट्टेहरू सन् २०२१ मा फ्लोरिडाका केही टापुहरूमा छोडिने योजना छ।