ब्लाष्टखबर । नेपालकाे झण्डामा आगाे लगाउदै जातीय सद्भावविरुद्ध आपत्तिजनक शब्दहरू प्रयाेग गरी युट्युवमा अपलाेड भएकाे एक गीत युट्युवमा आएलगत्तै आलोचित बनेको छ ।

‘देशद्रोही’ शीर्षकमा साेमबार सार्वजनिक भएकाे उक्त गीत ‘मंगोल हप अफिसियल’ नामक च्यानलबाटले उपलाेड गरेकाे थियाे । नेपालको राष्ट्रियता एवंं जातीय सद्भावविरुद्ध घृणा फैलाउने गरी निर्माण भएकाे उक्त गीतबारे सामाजिक संञ्जाल प्रयाेग कर्ताहरूले यसमा संलग्न व्यक्तिहरुलाई कारबाहीकाे माग गरिरहेका छन्  ।

युट्युवमा हालेलगत्तै सामाजिक संञ्जालमा भाइरल भइरहेकाे उक्त गितमा तीव्र प्रतिक्रिया आउन थालेकाे छ ।

 गीतकाे शब्द र र्याप मंगोल ग्याल्ज ली एन्ड एटीएम उल्लेख गरिएकाे छ । गीतका तिव्र आलाेचना सहित भाइरल बनेपछि ग्याल्जेन देर्जे तामाङ नामक फेसबुक आडिमा भिडियाेमा र्याप गर्दै देखिएका युवा फेसबुक लाइभमा आएका छन् ।

उनले  लाइभमा उक्त गीत आफ्नाे सिर्जना भएकाे बताउदै नेपालकाे झण्डा तथा एक सम्प्रदाय प्रति लक्षित गरी अश्वाभाविक टिप्पणी समेत गरेका छन् । ति युवाले आफू मङ्गाेल नेशनल अर्गनाइजेकाे पूर्व कार्यकर्ता रहकाे बताएका छन् ।