धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पोष्ट ग्राजुएसन (पीजी) अध्यापनको लागि देशभरमा सबैभन्दा बढी सिट पाएको छ ।
देशभरका अन्य मेडिकल कलेजको तुलनामा बीपी प्रतिष्ठानले एमडी/एमएसका लागि एक सय ३५ सिट पाएको हो । जबकि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालले १ सय २७ सिट मात्रै पाएको छ । यसपटक सरकारी चिकित्सा अध्यापन गराउने संस्थानहरूलाई सिट बाँडफाँडमा प्राथमिकता दिइएको छ । पीजीमा गतवर्षभन्दा ३ सिट बढी दिएको हो । गतवर्ष १ सय ३२ सिट दिएको बीपी प्रतिष्ठानका शैक्षिक प्रशासन शाखाका प्रशासकीय सहायक गौरव सञ्जेलले जानकारी दिए ।
यता राष्ट्रिय चिकित्सा शिक्षा आयोगले पब्लिक हेल्थ, नर्सिङ, फार्मेसी र आयुर्वेदतर्फको स्नातकोत्तर तहको कार्यक्रमको सिट पनि बाँडफाँड गरेको छ । पब्लिक हेल्थतर्फ १ सय ७८ सिट रहेकोमा नर्सिङतर्फ १ सय ७७ सिट मात्रै रहेको छ ।
जसमा बीपी प्रतिष्ठानलाई पब्लिक हेल्थमा १५ सिट र नर्सिङतर्फ १६ सिट मात्रै दिइएको छ । हरेक वर्ष अन्य मेडिकल कलेजहरू भन्दा बढी नै पाउने गरेको बीपी प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. गुरु खनालले जानकारी दिए । उनले विगत वर्ष पीजी, डिएमएमसिएच गरेर एक सय ६२ वटा कोटा रहेको थियो । ‘विगत वर्षहरूमा पनि अन्य प्रतिष्ठानभन्दा बढी नै पाउने गरेको हो’–उनले भने ।
गतवर्ष एमडीए/एमएस, एमडीस, डीएमएमसीएचमा एक सय ५० जनाको कोटा दिएको बीपी प्रतिष्ठानका शैक्षिक प्रशासनका प्रशासकीय सहायक गौरव सञ्जेलले जानकारी दिए । उनका अनुसार एमसीएचतर्फ सर्जरीमा दुई, डीएमसीएचर्फ मेडिसिनमा ३, र पेडियाट्रिकमा एक जनालाई कोटा दिने गरेको छ । त्यस्तै डेण्टलतर्फ एमडीएसका लागि छुट्टै कोटा दिने गरेको छ ।