पाचथर / मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते बनेका एक व्यक्तिको उपचारका लागि तीन लाख ५५ हजार ६ सय रुपैयाँ आर्थिक सहयोग जुटेको छ ।

जिल्लाको फाल्गुनन्द गाउँपालिका–७ आङ्सराङका प्रतीक आङ्देम्बेको उपचारका लागि त्यतिका रकम प्राप्त भएको प्रतीक बचाऔं अभियानका लावाहाङ चेम्जोङले बताए ।

फाल्गुनन्द एकता समाज मलेसियाले प्रतीकको उपचारका लागि त्यतिका रकम सहयोग गरेको हो । समाजका संस्थापक संरक्षक कृष्णबहादुर आङ्देम्बे र संयोजक सन्तोष रिजाललगायतको सक्रियतामा उक्त रकम सङ्कलन गरिएको थियो ।

केही महिनाअघि पाँचथरबाट झापा झर्ने क्रममा प्रतीक मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते बनेका थिए । अहिले झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उनको उपचार भइरहेको छ ।