ब्लाष्टखबर । दुबै मृगैला फेल भएकी २५ वर्षीय श्रीमती बचाउन श्रीमानले गुहार मागेका छन् । आर्थिक अभावका कारण मृत्यूसँग संघर्ष गरिरहेकी मोरङको लेटाङ ८ जाँतेकी २५ वर्षीया सीता राईलाई बचाउन श्रीमान तिर्थ राईले गुहार मागेका हुन् । 

५ वर्ष भन्दा लामाे समय देखी बिरामी रहेकी श्रीमतीलाई बचानका लागी पूर्वका विभिन्न अस्पताल चाहारी सकेका तिर्थकाे पूर्खेउली सम्पतीपनि श्रीमतीकै उपचारमा सकिसकेका छन् । २० लाख भन्दा बढि रकम उपचार खर्चमा सकेपछि अफूसंग केहि नभएकाे र श्रीमती सीता अझै ओछ्यान मै मृत्यूसाग जुधिरहेकाेले सहयाेगकालागी हारगुहार गरेका हुन् । 

तिर्थ भन्छन् ' आफूसँग हुन्जेल हार गुहार गरिन तर, अब मसंग छैन कसरी बचाउने ? ' धरानकाे वीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठान सहित विरटनगरका विभिन्न अस्पतालमा उपचार गराइसकेकाे सीताकाे  यतिबेला नेवेल अस्पताल विराटनगरमा उपचार भइरहकाे छ । छिमेकीकाे सहयाेगमा उपचारकालागी नेवेल ल्याएका तिर्थलाई  डाक्टरले थप उपचारकाे लामगी काठमाण्डाैं लानु पर्ने बताएपछि झन् अत्तिएका छन् । उनि भन्छन् ' मसंग काठमाणडाै जाने खर्च छैन, त्यहाँ लगेर बिरामीकाे उपचार कसरी गर्ने ? '

 २ जना कलिलो उमेरका छोरीहरू रहेका उनकाे पालन पोषणको जिम्मेवारी त तीर्थको काँधमा छदैछ । त्यहिँ माथि पत्नीकाे दुबै मृगैला फेर्नु पर्ने भएपछि तीर्थ यतिबेला इन्तु न चिन्तु भएका छन् । भएको सबै घर घडेरी र अलिअलि पैसा सकियो । बाँकी जीवन कसरी बाँच्ने चुनौती त छदैछ । पत्नीको जीवन बचाउन उहाँलाई अझ सकस परेको छ । 

लेटाङ –८ ज्यामिरेको सारा जमिन उपचार खर्चमा सकिएपछि उहाँको परिवार अहिले मिक्लाजुङको माथिल्लो साम्लिङमा अर्काकाे घरमा बस्दै  अाएका छन् । बाँचे सँगै बाच्ने र मरे सँगै मर्ने कसम खाएर ल्याएकी पत्नीलाई बचाउन सुकुम्बासी बनेका  तीर्थले भन्छन् ' सास हुन्जेल आस हुँदो रहेछ । सबै सकिएपछि माग्नुको बिकल्प नै पो के रह्यो र ?'

उनले दु:ख परेकेा बेला सहयाेग मागेकाे बताउँदै, सहयाेग गर्न चहनेकालागी उनकाे माेबाइल नम्बर ९८१७३७७७६० र  सहयाेगी प्रसान्त निराैलाकाे माेबाइल नम्बर 9842145045 मा सम्पर्क गर्न अनुराेध पनि गरेका छन् ।