ब्लाष्टखबर । हरियाली सामुदायिक वनकाे आवास गृहमा बनाइएकाे २३ बेडकाे आइसाेलेसन तयार रहकाे उपमहानगरका स्वास्थ महासाखा प्रमुख उमेस मेहताले बताएका छन् । धरान उपमहानगरपालिकाले आफै व्यावस्थापन गर्ने गरी निर्माण सुरू गरेकाे उक्त आइसाेलेसनकाे सरसफाइ, घेराबारा देखी विद्युत जडान, पंखा, सिरक डसना लगाय सबैकाे व्यावस्थापन भइसकाे मेहताले बताएका छन् । उनले भने ' घेराबारा विद्युत देखी सिरक डसना समेतकाे व्यावस्था भैसकेकाे छ । संञ्चालन गर्न तयारी अवस्थामा छ । '
उनले उक्त आइसाेलेसन तयारी अवस्थामा रहेपनि तत्काल संञ्चालनमा नआउने बताएका छन् । मेहताले बिहिबार मात्रै प्रतिष्ठानकाे आइसाेलेसनमा बेड खाली रहेकाे भन्ने खबर आएसंगै आवास गृहकाे आइसाेलेसनलाई तत्काल संञ्चालन नगरीने बताएका हुन् ।
' हिजाेमात्र प्रतिष्ठानका डाक्टरहरू संग कुरा भयाे वहाँहरूले २० वटा बेड खाली भएकाे जानकारी गराउनु भयाे । विरामीलाई काेभिड १९ पनि संञ्चालन आयाे । अनी वहाँहरूकै सल्लाह अनुसार हरीयालीकाे आवास गृहमा बनाइएकाे आइसाेलेसन तैयारी अवस्थामै राख्ने तत्काल संञ्चालन नगर्ने भन्ने कुरा भयाे । '
उनले भने ' त्यहाँ संक्रमितहरू राखिसकेपछि उनिहरूकाे हेरचाहर, स्वास्थ जाच, त्यहाँ उत्पादित फाेहाेरकाे व्यावस्थापन देखी लिएर सुरक्षाका कुराहरू पनि छन् । जाेखिम पनि रहन्छ । प्रतिष्ठान भित्रै बेड खाली हुदाँ हुदै दुइतिर किन राख्ने भन्ने कुरा भयाे । '