ब्लाष्टखबर । धरान उपमहानगरपालिकाको अनुगमन टोलीले धरान १६ को ५ भन्दा स्थानबाट धरान बाहिरबाट ल्याएका तरकारी बरामत गरेको छ । लकडाउनको समयमा धरान बाहिरबाट आयत रोक लगाएको भएपनि लुकाइ छिपाइ बढि मुनाफा कमाउने उदेश्यले ल्याएइएको उक्त तरकारीलाई वडाको समन्यनमा आइन्द यस्ताे नर्गन चेतावनिसह खरिद मुल्यमा विक्री गर्न लगाइएको उपमहानगरका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले बताएका छन् ।

उनले भने ‘ धनकुटा तिरको तरकारी संकलन गरेर धरान ल्यानेहरु रहेछन् । उनिहरुको दोकान पनि देखिएन ७० देखी १२० रुपैया प्रति किलो बेच्दै आएका तरकारीहरु वडाको जनप्रतिनिधिको समन्यनमा ५० देखी ६० रुपैँया मा विक्री गर्ने गरी दिएका छौ । ’

उनले धरान १३ कृषि बजार अगाडि एक व्यापारीले ल्याउको करिब ७ क्युटल तरकारी र धरान १५ नर्शिह बजारमा रहको साझा होलसेलबाट १८ क्रेट टमाटर पनि नियन्त्रण्मा लिएको बताएका छन् । नियन्त्रण्मा लिएको टमाटर धरा ८ स्थित सभागृहमा राखिएको र आजै सम्बन्धति वडाको समन्यनमा सस्तो दरमा विक्रीकालागी पठाइने बताएका छन् ।

उनले अनुगमनका क्रममा केही पसलहरु खेलीएको भेटेका र केहीमा म्याद गुर्जेका सामानहरु समते पाइएको भएपनी तत्कालका लागी बन्द र्गन लगाएको बताउका छन् ।

उनले भने ‘ कसैले पकाउने ठाउँ भन्दै खोलेको पाइको कसैले घर भत्रि छिर्ने बाटो नै यहियो भनेर खोलेको पाइयो । उनहिरुलाई अहिले कारवाही भन्दा पनि आइदाँ पसल नखोल्न भन्ने चेतावनि दिएका छौ ।