पथरी / पथरीशनिश्चरेबाट संचालित गरीमा अनलाइन टेलिभिजनले सिल्भर इन्टरटेनमेन्टको सहकार्यमा आयोजना गरेको ‘अनलाइन बक्तृत्वकला प्रतियोगिता २०२०’ मा १४ जना प्रतिस्प्रधीहरुलाई पछि पार्दै मोरङको लेटाङनगरपालिकाकी गरिमा अधिकारी प्रथम भएकीछन् ।

'जातीय विभेद र नेपाली समाज' शिर्षकमाआफ्नो कुराहरु भिडियो रेकर्ड गरि पठाउनु पर्ने उक्त प्रतियोगितामा युट्युब भ्युअर्ससंगै निर्णायकहरुको पनि उत्तिकै मन जित्नु पर्ने प्रावधान रहेको थियो ।

करिब २ महिनाको अवधिमा मोरंग ,ताप्लेजुंङ, झापा, सुनसरी, खोटांङ, रामेछापर बझाङ्गका १५ जना प्रतियोगीहरुले सहभागिता जनाएकोमा लेटाङकी गरिमा अधिकारीले प्रथम स्थान हासिल गर्दै नगद रु १५ हजार र प्रमाणपत्र प्राप्त गरिन । दोस्रो स्थान प्राप्त गर्दै ताप्लेजुङकी एलिना दियालीले रु १० हजार प्राप्त गरिन। त्यस्तै स्पष्ट बक्ताको उपाधीसंगै नगद रु ५ हजार र प्रमाणपत्र रामेछापकी पवित्रा खड्काले, प्रखर वक्ताको उपाधीसंगै नगद रु ५ हजार र प्रमाणपत्र मोरङ पथरीशनिश्चरेकी सुप्रियाा खड्काले र बेष्ट पब्लिक स्पिकरको उपाधीसंगै रु ५ हजारर प्रमाणपत्र बिराटनगरको अस्टिन कार्कीले प्राप्त गरे।

यस कार्यक्रमको निर्णायक मण्डलीमा वरिष्ठ अधिबक्ता डा.देउमान सम्बाहाम्फे, नेपालजेसीज बर्ष २०२० का राष्ट्रिय अध्यक्ष अशोक शंकर , पथरी बहुमुखी क्याम्पस प्रमुख चेतन पौडेल, मिस कस्मोपोलिटियन वर्ल्ड २०१९ प्रियारानी लामा रहेका थिए।