ब्लाष्टखबर । भारतमा पछिल्लाे २४ घण्टमा हाल सम्मकै अधिक काेराेना संक्रमित फेला परेका छ । भारतीय अनलाइन समचार संस्था द वायरका अनुसार पछिल्लाे २४ घण्टामा ६६ हजार ९ सय ९९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याे संगै भारतमा संक्रमित हुनेकाे संख्या २३ लाख ९६ हजार ६ सय ३७ पुगेकाे छ । पछिल्लाे २४ घण्टामा भारतमा ९ सय ४२ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । हाल सम्म मृत्यु हुनेकाे संख्या ४७ हजार ३३ पुगेकाे छ ।