धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गर्न गएको नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई प्रहरीले रोके पछि प्रतिष्ठानको गेट परिसरमा केहीवेर तनाव भएको छ ।

कोरोना महामारी प्रतिषठनका पदाधिकारीहरु जिम्मेवार नभएकोभन्दैं भन्दै नेपाली कांग्रेस सम्बद्ध नेविसंघ, तरुण दल र महिला संघका स्थानीय कार्यकर्ताहरु तालाबन्दी गर्न गएका थिए ।
बुद्धचोकबाट नारा लगाउदै प्रतिष्ठान गेटमा पुगेका आन्दोकारलाई प्रहरीले रोकेको थियो । गेटमा प्रहरी र आन्दोलनकारी विच ठेलमठेलसमेत भएको यियो ।

उनीहरुले ताला लगाउन नपाए पछि प्रतिष्ठानको मेनगेट भित्रै विरोध सभा गरेका थिए । उपकुलपतिको गैरजिम्मेवारीपनले धरानबासीहरुले उपचार सेवा नपाएको तरुण दलका धरान नगर अध्यक्ष हिमाल श्रेष्ठले बताए ।

हिजो नेविसंघ र तरुण दलले उपकुलपति कार्यकक्षमा तालाबन्दी गरेका थिए । तर, केही समय पछि प्रहरीले ताला खोलेको थियो । यता प्रतिष्ठानका पदाधिकारीहरु साउन ३० गतेको सिनेट बैठकको लागि काठमाण्डौं गएका छन् । प्रतिष्ठानभित्र चिकित्सकहरुमा नै कोरोना संक्रमण व्यापक भए पछि आजदेखि सूचना निकाले प्रतिष्ठानको ओपिडी सेवा पनि बन्द गरेको छ ।

लकडाउनको उलंघन
स्थानीय सरकारले एक सातादेखि धरानमा पूर्ण लकडाउनको घोषणा गरेको छ । लकडाउनमा हिडडुल, व्यवासायी सबै बन्द गरिएको छ। भेला हुने, नारा जुलुस सभा बैठक पनि लकडाउनमा बन्द हुन्छन् । तर नेपाली कांग्रेसले नेतृत्व गरेको धरान उपमहानगरपालिकामा उसकै निर्देशनमा नारा जुलुस भीडभाड गरेर लकडाउनको बर्खिलाप गरेको नेकपा धरानका अध्यक्ष नारायण सुवेदीले बताए । ‘बसेर शान्तिपूर्ण समाधानको बाटो छाडेर स्वास्थय क्षेत्रमा नारावाजी तालावन्दी गैरजिम्मेबारी हो । कांग्रेसले एकछत्र लुट मच्चाउदैं आएको प्रतिष्ठानमा हालका पदाधिकारीले रोके पछि कांग्रेसले आफ्नो असली रुप देखाएको छ ।’ -सुवेदीले भने । यता प्रतिष्ठानको सिनेट बैठक पनि यस्तो समयमा उचित नभएको स्थनीयले बताएका छन् ।
४ महिना अघि उद्घाटन गरिएको कोभिड अस्पताल सांलन नगरेरसंक्रमित मिारी घर मै बस्नु परेको र प्रतिष्ठान जिम्मेवार नभएको आरोप लाग्दैं आएको छ ।