धरान / काठमाडौका लोकप्रिय पत्रकार बलराम बानियाँको शव हेटौंडामा फेला परेको छ ।
प्रहरीको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बुधबार विहान हेटौंडाको खोलामा उनको शव भेटेपछि अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल हेटौंडामा पुर्याइएको प्रहरीले जनाएको जनआस्थाले उल्लेख गरेकाे छ । 
दुई दशकभन्दा लामो समयदेखि कान्तिपुर दैनिकसँग सम्बद्ध पत्रकार बाँनिया राजनीति र सुशासनमा कलम चलाउने गथ्र्ये ।

तनहुँ घर भएका बाँनियाले गत असार १० गते कान्तिपुरको पहिलो पृष्ठमा चीनले नेपालको भूभाग ओगटेको समाचार उनको बाइलाइनमा प्रकाशित भएपछि सम्पादकीय समूहले सार्वजनिक क्षमायाचना गरेको थियो । त्यस पछि बलराम कान्तिपुरमा कम भूमिकामा रहँदै आएको बताइएको छ ।
यता बानियाँ दुई दिनदेखि घर नफर्किएको भन्दै परिवारले महानगरीय प्रहरी परिसर, काठमाडौं र अपराध अनुसन्धान महाशाखा, बानेश्वरमा उजुरी दिएका थिए ।

प्रहरीका अनुसार अनुसार उनको मोबाइल सोमबार दिउँसो १ बजे बल्खु खोला छेऊबाट स्वीच अफ भएको थियो । प्रहरीका अनुसार बानियाँले लगाएको जुत्ता पनि भेटिएको छ, जसलाई बानियाँकी छोरीले बुबाकै भएको पुष्टि गरेकी प्रहरीले जनाएको छ ।