ब्लाष्टखबर । धरानमा लकडाउनकाे समयमा दुध र तरकारी सहज रूपमा खरिद बिक्र गर्न नपाएकाे गुनासाे आउन थालेपछि उपमाहानगरपालिकाले दुध र तरकारी जन्य बस्तुकाे आन्तरिक उत्पादनलाई सहजीकरण गर्ने भएकाे छ । जस अनुरूप धरानका कृषि वडाहरूबाट बजारमा बिक्रका लागी लान पाउने भएका छन् ।
यस अघि उपमनगरपालिकाले गरेकाे लकडाउनलाई कडाईका साथ लागु गर्न दुध र तरकारी जन्य बस्तुकाे आयततथा विक्रिमा सामेत राेक लगाएकाे थियाे । पहिल्लाे पटक उपमहानगरपालिकाले गरेकाे लकडाउनकाे समय अवधि आज राती सकिदैछ ।
समय अवधि सकीनै लाग्दा बसेकाे कार्यपालिकाकाे बैठकले थप एक साताकाे लागी लकडाउन घाेषणा गरी बाहिरबाट आउने खाद्यान्न, तरकारी तथा दुधजन्य बस्तुलाई रोक्ने निर्णय गरेकाे बताउदै वडानम्बर ९ का वडाध्यक्षयले रत्न कटुवालले उपमहानगर भित्रैको उत्पादनलाई सहजीकरण गर्ने निर्णय भएको बताएका छन् । उनले भने,‘ धरान ४, ५, ६, २० लगायतबाट उत्पादन हुने तरकारी बजारमा ल्याएर डुलाएर बिक्रि गर्न दिईने भएकाे छ । बाहिरबाट भने ल्याउन पाईदैन । '
कटुवालले धरान १३ स्थित कृषि उपजमा मैजदात रहकाे तरकारी विक्रिकालागी बिहिबार र शुक्रबार दुई दिनकाे समय दिईएकाे बताएका छन् । उनले भने ' कृषिबजारमा भएकाे तरकारी विक्रिकालागी २ दिनकाे समय दिईएकाे छ । आज उपमेयर त्यहाँ जादै हुनुहुन्छ । '
त्यस्तै, यसअघि रातिकाे समयमा लुकाईछिपाई ल्याएकाे तरकारी नगर प्रहरीले नियन्त्रणमा लिएकाे थियाे उक्त तरकारी १५ ,१६ र १७ का वडाध्यक्षकाे समन्यनमा व्यापारीलाई कारवाहि स्वरूप प्रति किलाे खरीददर भन्दा कम्तीमा ७ रूपैया घटाएर विक्रि गर्न दिइने कटुबालले बताएका छन् ।
उनले कृषकले पशु आहार ल्याउपरे रातीकाे समयमा १० देखी १२ बजे भित्र ल्याई सक्ने गरी अनुमती दिईएकाे पनि बताएका छन्र ।