धरान  / नेपाली कांग्रेसनिकट नेपाल तरुण दल नगर र महेन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यालयमा तालाबन्दी खुलाएकाे छ । चार महिनाअघि नै उद्घाटन गरेको प्रतिष्ठानको कोभिड– १९ अस्पताल हालसम्म सञ्चालनमा नआएको भन्दै उनीहरूले तालाबन्दी गरेका थिए ।
असन्तुष्ट पक्षले एक्कासी कुनै अल्टिमेटम विना तालाविन्दी गरेको भन्दैं कुनै पदािधकारीहरु नभएकाे अवीथामा तालाबन्दी गरिएकाे भन्दै इलाका प्रहरी कार्यालयकाे प्रहरी टाेलीले खुलाएकाे प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकाेटाले जानकारी दिए । 

'ताला लगाइएकाे पाइयाे । मागबारे केही थाहा भएन । हामीले ताला खुलायाै‌ ।'- इप्रका धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले भने।