धरान / नेपालमा आज थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।  कोरोना भाइरसको कुल संक्रमित संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ । मुत्यु हुनेको संख्या ८३ जना पुगेको छ ।