झापाका अस्पतालले उपचार गर्न नमान्दा सुनारकाे मृत्यु

alt
  • श्रावण २७, २०७७
  • ब्लाष्ट खबर

विर्तामाेड । फुटबल खेल्दा बलले छातीमा लागेर घाइते भएका झापाको कनकाई नगरपालिका–५ का १७ बर्षिय रोशन सुनारको झापाका अस्पतालले उपचार गर्न नमान्दा मृत्यु भएको छ । केहीदिन अघि साथीहरुसँग फुटबल खेल्ने क्रममा सुनारको छातीमा बलले लागेको थियो ।

छातीमा बलले लागेपछि घरमै आराम गरिरहेका उनको स्वास्थ्य अवस्था बिग्रिँदै गयो । उनी झापाको विर्तामोडमा रहेको विर्तासिटी अस्पतालमा उपचारका लागि आए । त्यो बेला उनको श्वासप्रश्वासमा समस्या भइरहेको थियो । कोरोना भाइरसको संक्रमणको शंका गरेर विर्तासिटी अस्पतालले पिसिआर रिपोर्ट माग्यो र उपलब्ध नगराए उपचार गर्न नसकिने उक्त अस्पतालले जानकारी दियो ।

त्यहाँ उपचार गराउन संभव नभएपछि विर्तामोडकै कनकाई अस्पताल उपचारका लागि गए । त्यहाँ पनि पिसिआर रिपोर्ट मागे । कनकाई अस्पतालमा पनि सुनारको उपचार संभव भएन ।

मंगलबार बिहानको राति करिब २ बजेतिर उनलाई लिएर उनका अभिभावक मेची अस्पताल भद्रपुर पुगे । मेची अस्पताल भद्रपुरले भर्ना गरेर उपचार शुरु गरेको थियो । तर केही क्षणपश्चात शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएपछि उनलाई भेन्टिलेटरसहितको सघन उपचार चाहियो ।

मेची अस्पतालमा उक्त सुविधा नभएपछि भेन्टिलेटरका लागि भद्रपुरकै ओम साई पाथिभरा अस्पताल सुनारलाई रेफर गरियो । त्यहाँ पनि पिसिआर कै रिपोर्ट मागेपछि उनलाई लिएर उनका अभिभावक फेरि मेची अस्पताल नै पुगे । त्यहाँ इमरजेन्सी कक्षमा उनको मृत्यु भएको मेची अस्पतालका चिकित्सक डा. गोविन्द कँडेलले जानकारी दिए ।

मृतक सुनारमा कोरोना भाइरसको संक्रमण छ÷छैन भनेर परीक्षण गर्नका लागि स्वाब संकलन गरिएको र साँझसम्ममा रिपोर्ट आउने डा.कँडेलले बताए । कोरोना लागेको आशंकाका कारण झापाका निजी अस्पतालले भर्ना लिन नमानेका हुन् ।

३ दिने शिपमुलक तालिम ...

विजयपुर । धरान उपमहानगरपालिका वडा नं. ९ द्वारा सञ्चालित ...

धरान र विराटनगरमा पर ...

विजयपुर । पर्यटन व्यवसायीहरुको तानातानका कारण नेपाल पर् ...

धरान १५ का अशक्त प्य ...

धरान / धरान १५ महादेव चोक निवासी अशक्त मजदुर पुण्य प्या ...

मलको मोलमोलाईमा कुरा ...

दमक । मल व्यवसायीसँग पैसाको लेनदेनका कारण ४ जना प्रहरी ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved