ब्लाष्टखबर । छिमेकिकाे मलामी गएका धनकुटाको चौबिसे गाउँपालिकाका एक युवा तमोर नदीले बगाएर बेपत्ता भएका छन् ।
सोमबार दिउँसो छिमेकीको मलामी गएका चौबिसे गाउँपालिका-५ का ३३ बर्षीय महेन्द्र याक्खा तमोर नदीमा नुहाँउने क्रममा नदीले बगाएर बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
बेपत्ता भएको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी मुलघाटबाट खटिएकाे प्रहरी टोली र स्थानीयवासीको सहयोगमा खोजतलास भईरहेको उक्त कार्यालयले जनाएकाे छ ।