ब्लाष्टखबर ।  दमकमा एक जनाकाे करेन्टलागेर मृत्यु भएकाे छ । 

ईलामको साक्फारा घर भई दमक नगरपालिका वडानम्बर १  मा डेरा गरी बस्ने २८ बर्षीय रोशन तामाङको करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

उनी सोमबार राती घर नजिकै रहेको खेतमा करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर घाईते भएका थिए । घाईते तामाङलाई उपचारको लागी एडभान्स अस्पताल दमकमा उपचारको क्रममा रातीनै मृत्यु भएको कार्यालयले जनाएकाे छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको पनि कार्यालयले बताएकाे छ ।