भद्रपुर /  वरिष्ठ पत्रकार एवम् साहित्यकार अमृतलाल श्रेष्ठको निधन भएको छ । लामो सयमदेखि मृगौला रोगको उपचार गराउँदै आएका पत्रकार श्रेष्ठको आइतबार साँझ पौने ६ बजेतिर मेचीनगर १० धुलाबारीस्थित निजी निवासमा निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार एक साता अघि गम्भीर विरामी भए पछि श्रेष्ठलाई उपचारका लागि विर्तामोडको विर्तासिटी हस्पिटलमा भर्ना गरिएको थियो । हस्पिटलबाट आइतबार घर पुर्याएको केही घण्टमामै उनको निधन भएको थियो । रासस भद्रपुरको कार्यालय प्रमुख रहेका पत्रकार श्रेष्ठ राससबाट अवकाश पाएपछि घरमै थिए । उनका थुर्पै साहित्यिक रचना प्रकाशित छन् । उनका पत्नी, दुई छोरा र एक छोरी छन् ।