भोजपुर । जिल्लामा आर्थिक अवस्था कमजोर भएका आठ सय २५ विपन्न परिवारलाई निःशुल्क बिद्युत मिटर वितरण गरिएको छ । नेपाल बिद्युत प्राधिकरण भोजपुर बितरण केन्द्रले आर्थिक अवस्था कमजोड भएर बिद्युत सेवाबाट बञ्चित भएका परिवारलाई निशुल्क बिद्युत मिटर वितरण गरेको हो ।

प्राधिकरणको बार्षिक कार्यक्रम अन्तर्गत आर्थिक बर्ष २०७६/०७७ मा उनिहरुलाई निशुल्क मिटर बितरण गरिएको प्राधिकरण प्रमुख रविन बाबु घिमिरेले बताए । प्रमुख घिमिरेका अनुसार अर्थिक बर्ष २०७५/०७६ बाट जिल्लामा निःशुल्क मिटर वितरण कार्यक्रम शुरु भएको हो ।

आफ्नो स्थानिय तहको वडाबाट आर्थिक अवस्था कमजोर भएको सिफारिस ल्याएमा निशुल्क बिद्युत मिटर उपलब्ध गराईने भोजपुर बितरण केन्द्रले जनाएको छ । परिवारको अवस्था हेरेर निशुल्क मिटरका लागि प्राधिकरणलाई सिफारिस गर्ने गरेको भोजपुर नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष गोपाल कार्कीले बताए । उनले भने “प्राधिकरणको कार्यक्रम गरिब जनताका लागि असाध्य राम्रो छ , यस बाट गरिव जनताले पनि बिद्युतको पहुच पाएका छन ।”

निशुल्क बिद्युत मिटर पाए पछि आर्थिक अवस्था कमजोड भएका विपन्न परिवार खुसी भएका छन् । बिद्युत मिटर निशुल्क पाएर घरमा झिलीमिली बत्ति बाले पछि खुशी लागेको टेम्के मैयुङ गाउँपालिका वडा नम्वर ९ का तिर्थ कुमार बिश्कर्माले बताए । उनले थपे “कुपी बालेर बस्नु पर्ने दिन गए , घरमा झिलीमीली बत्ति बल्दा आनन्द लागेको छ ।”