ब्लाष्टखबर । पाल्पामा बाेक्सी भगाउने भन्दै किशारीलाई कुटपिट गरी घाइते बनाएका छन् । रामपुर नगरपालिका ८ सिद्धबाबास्थित कालीगण्डकी नदीको किनारमा झारफुक गर्न गएकी १७ वर्षीय कुशाेरीलाई दुइ धामीले बाेक्सी भगाइदिने भन्दै कुटपिट गर्दा किशाेरी घाइते भएकी छिन् ।
बेहोस् हुने समस्या देखिएपछि आमा र काकासँग धामी भएठाउँ पुगेकी किशाेरी धामीकाे कुटपिटबाट घाइते भएपछि धामीले काकालाई पनि बोक्सी लगाइदिएको भन्दै कुटपीट गरेको पाल्पाका प्रहरीले जनाएकाे छ ।
शुक्रबार राति कुटपीटबाट घाइते भएका उनीहरुले प्रहरीमा जाहेरी दिएकाे जाहेरीका आधारमा ईलाका प्रहरी कार्यालय रामपुरले कुटपिट गर्ने नुवाकोट बेलकोटगढी नगरपालिका–१ घर भई नवलपरासी देउचुली नगरपालिका–४ बस्ने ५६ वर्षीय बुद्धि पुडासैनी र सोही स्थान बस्ने ३७ वर्षीया यममाया कुमाललाई प्रहरीले पक्राउ गरेकाे ईलाका प्रहरी कार्यालय रामपुरले जनाएकाे छ ।