सिरहा /  सिरहामा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
सिरहाको मिर्चैया नगरपालिका वडा नं. १० मा सशस्त्र प्रहरी वल सुरक्षा बेस क्याम्प मिर्चैयाबाट इन्स्पेक्टर वीरेन्द्र लम्सालको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा सिरहा नगरपालिका वडा नं. १६ बस्ने ६० वर्षीय मनै मोचीलाई ३ केजी ४ सय ग्राम गाँजा सहित पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेड क्वाटर सिरहाका डिएसपी विनोद थापाले जानकारी दिए ।