ब्लाष्टखबर । धरानमा एक किशाेरीकाे अत्महत्या गर्दैगर्दा उद्धार गरी उपचार गर्ने क्रममा मृत्यु भएकाे छ । धरान उपमाहानगरपालिका १ पृथ्वी चाेक नजिकै डेरा गरी बसेकी २२ वर्षीय पुजा चाैधरीले झुन्डिए अत्महत्या गर्दैगर्दा उद्धार गरी उपचार गर्ने क्रममा मृत्यु भएकाे  इलाका प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द बहादुर बस्नेतले बताएका छन्  । 

श्रीमानसंग विगत लामाे समय देखी काेठा भाडामा बस्दै आएकी चाैधरीले शुक्रबार करिव १० बजे आफ्नै काेठामा ढाेका लगाइ  झुन्डिए अत्महत्या गर्ने क्रममा छिमेकीले देखेर उद्धार गरि, उपचारका लागी विपि काेइरामला स्वास्थ विज्ञान प्रतिष्ठान लगिएकाेमा उपचारकाे क्रममा उनकाे मृत्यु भएकाे बस्नेतले बताएका छन् ।  उनले भने ' ढाेका थुनेर अत्महत्या गर्दै गरेकाे देखेपछि त्यहाका स्थानियले देखेर ढाेका पुटाए डाेरी काटि दिएछन्, उपचारकाे क्रममा अस्पतालमा मृत्यु भयाे ।  ' 

पुजाकाे १ सन्तान रहकाे र विराटनगरमा माइती रहकाे बुझिएकाे बस्नेतले बताएका छन् ।