ब्लाष्टखबर । झापाको कमल गाउँपालिकामा जंगली हात्तीकाे आक्रमणबाट एक जनाकाे मृत्यु भएकाे छ । आज बिहान जंगलबाट बस्ती छिरेका २ वटा जंगली हात्तीकाे आक्रमणबाट गाउँपालिका ५ टुक्रेका ५८ बर्षीय रोहीत रेग्मीको मृत्यु भएकाे इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

रेग्मीकाे टाटीबेराले बनेको घर हात्तीले भत्काउन थालेपछि भाग्ने क्रममा हात्तीले कुल्चिएर मृत्यु भएको उक्त कार्यालयले जनाएकाे छ ।