विराटनगर/ कोरोना संक्रमणको आशंका गरिएको विराटनगर –९ गद्रीका ५८ वर्षिय एक जना पुरूषको कोशी अस्पतालमा मृत्यु भएको छ ।

एक हप्तादेखि ज्वरो, खोकी र श्वास फेर्न समस्या भएपछि शुक्रबार ९ः४० मा अस्पताल ल्याइपु¥याउँदा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार बिहान उपचारका लागि अस्पताल पुर्याइएका व्यक्तिको मृत्यु भएको कोशी अस्पतलाका आइसोलेन इन्चार्ज डा. लक्ष्मीनारयण यादवले जानकारी दिए ।

मृत्यु भएको पुरूषको स्वाब संकलन गरि प्रयोगशालमा पठाएको जानकारी दिए । ‘लक्षण मिल्न देखिएपछि हामीले स्वाब संकलन गरि परीक्षण गर्न पठाएका छौं,’उनले भने, ‘शुक्रबार दिउँसो २ बजेसम्म रिपोट आउनेछ ।’