ब्लाष्टखबर । प्रदेश १ मा आज ६६ जनामा काेराेना संक्रमण देखिएकाे छ । संक्रमितहरू मध्याे ५१ जना पुरूष र १५ जना महिला रहेकाे सामाजिक विकास मन्त्रालयले आजकाे काेभिड–१९ अध्यावधिक अपडेटमा उल्लेख गरेकाे छ ।

मन्त्रालयका अनुसार आज प्रदेश १ मा सबै भन्दा बढि माेरङमा २४ जना, इलाममा २ जना, सुनसरीमा १९ जना, झापामा ८ जना र इलाममा १५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

संक्रमण देखिएका हरू मध्याे माेरङकाे विराटनगरमा १० महिला र ११ पुरूष, बेलबारीमा  २ पुरूष र रंगेलीमा १ पुरूष रहेका छन् ।त्यस्तै, सुनसरीकाे धरानमा ३ महिला र ११ पुरूष र इटहरीमा १ महिला र ४ पुरूष, झापाकाे मेचीनगरमा १ महिला र ७ पुरूष र इलाममा १५ जना पुरूषमा संक्रमण देखिएकाे उपडेटमा उल्लेख गरीएकाे छ ।

मन्त्रालयका अनुसार आज १ हजार ५४ जनामा गरिएकाे  परिक्षणमा ६६ जनामा संक्रमण देखिएकाे हाे । प्रदेश १ मा हाल सम्म ४८ हजार ४ सय ३८ जनामा गरिएकाे परिक्षणमा १ हजार २ सय ५५ जनालाइ काेराेना संक्रमण देखिएकाे छ ।