धरान /  मदन पुरस्कार गुठीले मदन पुरस्कार – २०७६ का लागि ७ उत्कृष्ट पुस्तक छनौट गरेको छ ।
गुठीकोआज बसेको बैठकले गुठीमा प्राप्त पुस्क मध्य सात वटा छनौट गरेको हो । २०७६ मा प्रकाशित कूल १५१ पुस्तकहरू प्राप्त भएका थिए। प्राप्त पुस्तकहरू मध्येबाट बढीमा १० पुस्तकहरूको श्रेष्ठ सूची तयार गर्न गठन भएको समितिले सात पुस्तकहरूको सूची गुठीलाई उपलब्ध गराएको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।

छनौटमा परेका यी पुस्तकहरू मध्ये एउटा पुस्तकलाई वर्ष २०७६ को मदन पुरस्कार अर्पण गरिने गुठीले जनाएको छ ।
छनौटमा परेका पुस्तकहरुमा विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, भुवन ढुङ्गानाको परित्यक्ता, योगी धर्ममहारसको महारसनिघण्टु (खण्ड १ – ३), चन्द्रप्रकाश बानियाँको महारानी, ललित बिष्टको मोहपथ, शारदा शर्माको
यात्रामा छानिएका छन् ।

विसं २०१२ सालमा स्थापित मदन पुरस्कार पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको हाम्रो लोक संस्कृति, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालका जनरल भीमसेन थापा तथा विज्ञान विधामा बलराम जोशीको अधिकविभव स्थिरविद्युत् उत्पादक पुस्तकलाई अर्पण गरिएको थियो।

२०४५ सालमा जगदम्बा रानीको निधनपछि उहाँको सम्झना स्वरूप जगदम्बा–श्री पुरस्कारको स्थापना गरिएको हो। पुरस्कारकाे राशि चार लाख रहेकाे छ ।