धरान  / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्य स्थानबाट संक्रमित तथा अन्य विमारीहरु प्रतिष्ठानको आधिकारिक व्यक्तिसँगसमन्वय नगरि पठाउने गर्दा व्यवस्थापनमा समस्या भएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेशसापकोटाले आज विज्ञप्ति जारी गरि संक्रमित विमारी प्रतिष्ठान पठाउदा समन्वय गरेर मात्र पठाउन आग्रह गरेका छन् ।

समन्वय नगरि प्रतिष्ठान पठाउदा यहाँ राख्ने बेड अभावमा संक्रमित विमारीलाई कुराएर राखन पर्ने अवस्था सिर्जना भएको भन्दैं समन्वय गरेरमात्र पठाउन सरोकारवालाहरुलाई आग्रह गरिएको छ ।

समन्वय नभई विमारी पठाउदा हुने समस्याको जिम्मेवारी पठाउने व्यक्ति वा संस्था स्वाय हुनेसमेत विज्ञप्तिमा भनिएको छ ।
डा. सापकोटाका अनुसार ३६६ जना संक्रमितलाई प्रतिष्ठानले हालसम्म सेवा दिएको छ । २८३ जना उपचार पछि घर फर्केका छन् । बुधबारसम्म ८१ ज्नाको उपचार भइरहेको प्रवक्ता सापकोटाले बताए ।