पथरीशनिश्चरे/ शरणार्थी सम्वन्धी राष्ट्रसंघीय उच्चायोग (यूएनएचसीआर) को सहयोगमा लुथरन विश्व फेडेरेशनले मोरङ र झापाका भूटानी शरणार्थी प्रभावित क्षेत्र तथा शरणार्थी शिविरमा फलफुलका विरुवा निःशुल्क वितरण गरेको छ ।

जसअन्तर्गत, मोरङको पथरीशनिश्चरेका विभिन्न वडाका लागि १ हजार वटा आँपका विरुवा, ५ सयवटा कागतीका विरुवा र ५ सय वटा लिच्चीका विरुवा वितरण गरिएको छ । जसमध्ये २ चरणमा गरी शिविर क्षेत्रको पथरीशनिश्चरे वडा नम्वर १० मा १ हजार वटा आँपका विरुवा वितरण भएो छ ।

यसका साथै शरणार्थी शिविरमा ५ सय वटा आँपका विरुवा, ५ सयवटा लिच्चीका विरुवा, ५ सयवटा आँपका विरुवा र १ सय वटा रुद्राक्षका विरुवा वितरण भएको लुथरन दमकका सामुदायिक विकास सहायक विजयश्याम राजभण्डारीले बताए ।

भूटानी शरणार्थी प्रभावित झापाको दमक ३ तथा बेलडाँगी शिविरमा पनि उसैगरी फलफलका विरुवा वितरण भएको छ । शिविरभित्र १ हजार ६ सय वटाका दरले आँप, लिच्ची, कागती तथा ६ सय रुद्राक्षका विरुवा वितरण भएको उल्लेख छ ।