• रमेश थापा

यासोक, पाँचथर /  मापडण्ढ विपरीत निर्माण गरिएका संरचनाका कारण पाँचथरको सुख्खाक्षेत्र कुम्मायक गाउँपालिकामा पहिरोको जोखिम बढ्दै गएको छ । अबैज्ञानिक रुपमा गाउँ र बस्तीमा खनिएका सडक र पूर्वाधार निर्माणले यस्तो समस्या देखा परेको हो ।

गाउँपालिका केन्द्रको यासोक बजार पनि पहिरोको उच्च जोखिम परेको छ । अविरल वर्षादसँगै आएको पहिरोका कारण बजार क्षेत्रका अधिकाशं घरधुरी जोखिममा परेका छन । बजारबासीले भौगोलिक वाताबरणको अध्यायन नगरी घर निर्माण गर्नु, स्थानीय तहले स्काभेटर प्रयोग गरी विकाश निर्माण गर्नु जस्ता कारणले पनि पहिरोको जोखिम बढेको छ । स्थानीयवासीले सस्तो मूल्यको घरघडेरीको लोभमा जोेखिम क्षेत्रमा बस्ने गरेको पाइएको छ । ‘कुन बेला विपतिको सामना गर्नुपर्ने हो टुङ्गो छैन ।’– स्थानीय खेम निरौलाले भने ।
सडक आसपासमा विद्युतका पोलहरु छन । सोही क्षेत्रमा सडक बिस्तार गर्दा क्षतिको मुल्याङकन गरी काम गर्नुपर्ने तर त्यो नहुँदा बिद्युतको आपूत्ति पनि नियमित हुन नसकेको निरौला बताउँछन् ।

वर्षासँगैं गएको पहिरोले विद्युतका पोलसमेत बगाएको छ । पहिरोले विद्युतको पोल बगाउँदा जिल्लाको तुम्बेवा, फाल्गनन्द र कुम्मायक गरी तीन गाउँपालिकाका हजारौ घरधुरी समस्यामा पर्दै आएका छन । पहिरोले गाउँपालिकाको निर्माणधिन आवसाय भवन र यासोक स्वास्थ्य चौकीको भनव जोखिममा परेको छ । जस्ले गर्दा स्वास्थ्य चौकीमा काम गर्न समस्या भएको अहेव सेमिक लावती बताए । भिरालो जमिनमा निर्माण भएको भवन सडकको संरचना निर्माण भएसँगै जोखिममा परेको हो ।

त्यस्तै वर्षादको कारण ग्रामिण क्षेत्रका सडकदेखि स्थानीयबासीका घरहरुसमेत जोखिममा परेका छन । पहिरोले यासोक बजारका ५ घरधुरी र ग्रामिण क्षेत्रका अन्य घरधुरीमा समेत क्षति पुगेको छ । नेपाल सरकारले पहिलो पटक सुख्खाक्षेत्र घोषणा गरेको कुम्मायक गाउँपालिकामा दशवर्ष यताकै ठूलो वर्षाद भएको छ । जस्ले स्थानीय सडक, घरहरुसमेत जोखिममा परेका छन । प्राकृतिक विपतिमा परेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने र जोखिम कम गर्ने काम भइरहेको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए ।

गाउँपालिकाले विपत व्यवस्थापन अन्तरर्गत जोखिमा परेको यासोक स्वास्थ्य चौकी र आवसायी भवनको संरक्षणको लागि तत्कालै काम सुरु गरेको बताए । उनले अन्य जोखिममा परेका घरधुरीको पहिचान गरी जोखिम कम गर्ने बिषयमा पनि काम भइरहेको बताए । अघिल्ला बर्षमा केही मापडण्ढ बिपरित काम नभएको होइन् केही भएका छन । चेम्जोङले भने त्यस्ता कामले प्राकृतिक विपतिलाई बढाएको छ । अबका दिनमा गाउँपालिकाले कार्यविधि बनाएर यस्ता गतिविधिलाई सुधार गर्ने छ अध्यक्ष चेम्जोङले बताए ।

IMG_0886 1