संखुवासभा/ संखुवासभाको प्रसिद्ध धार्मिक तिर्थस्थल सभापोखरिको दर्शन गरेर फर्किने क्रममा एक जनाको ज्यान गएको छ ।
सभापोखरीबाट फर्किने क्रममा पाँचखपन नगरपालिका-२ स्याबुनका सन्तोष पोख्रेलको मृत्यु भएको वडाअध्यक्ष उत्तम दाहालले जानकारी दिए ।
सोमबार दिउँसो फर्किने क्रममा स्वासप्रस्वासमा समस्या भएका २५ वर्षीय पोख्रेलको सभापोखरी नजिकै मृत्यु भएको हो । यस पोखरीमा जनै पुर्णिामामा भक्तजनहरुको भिड लाग्ने गर्दछ ।