धरान / धरान उपमहानगरपालिकामा ९ जनामा कोरोना संक्रमण देखिएको छ ।  धरान–१३ मा यस अघि संक्रमण पुटि भएका व्यक्तिको सम्पर्कमा आएका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अन्य ४ जना भने एन्फा क्यारेन्टाइनमा बस्नेहरुमा संक्रमण पुष्टि भएको उपमहानगरपालिका स्वास्थ्य महाशाखा अधिकृत रामबाबु यादवले जानकारी दिए । ४ जना भारतीय सेनामा कार्यरत थिए ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका अनुसार धरान–स्थित औद्योगिक क्षेत्रमा रहेको प्रितिभल्वमा काम गर्ने २ जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ । एक जनाको स्थायी घर विराटनगर भएको बताइएको छ भने अर्का एकजना कर्मचारी जनकपुरका हुन । विराटनगर घर हुने धरान १ मा बस्छन् भने जनकपुर घर हुने परिवारसति धरान ८ मा बस्दैं आएका छन् ।

धरान–१३ मा यस अघि संक्रमित भएका व्यक्ति र उनीहरु सबै प्रितिभल्भमा काम गदैं आएका थिए । पाँच बर्षीय र ९ बर्षीय बच्चामा पनि संक्रमण पुष्टि भएको यादवले बताएका छन् । उनीहरुलाई आजै वीपी प्रतिष्ठानको आइसोलेस वार्डमा भर्ना गरिएको अधिकृत यादवले जानकारी दिए ।

४ जना भारतीय सेनाका आर्मी यस अघि नै क्यारेन्टाइनमा भए पनि ५ जना भने समुदायमा नै बस्दैं आएका थिए । उनीहरुको साउन १५ गते स्वाब संकलन गरि परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।