ब्लाटखबर । अर्जुनधारा नगरपालिकामा आजबाट साउन २२ गते सम्म लकडाउन गर्ने भएकाे छ । नगरपालिकाकाे १ नम्बर वडाका एक व्यक्तिमा काेराेना संक्रमण देखिएपछि नगरकाे कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटीले साे निर्णय गरेकाे हाे ।
शनिबार बसेकाे उक्त बैठकले संक्रमित व्यक्तिकाे कन्ट्याक्ट ट्रेसिङ गर्न सहज बनाउन तथा समुदायमा काेराेना संक्रमण फैलन नदिन लकडाउन गर्नु परेकाे नगर प्रमुख हरि रानाले बताएका छन् ।
उनले लकडाउन अवधिभर निजी तथा भाडाका गाडी, मोटरसाइकलसमेत पूर्णरूपमा बन्द गर्ने बताएका छन् । वित्तिय संस्था, सरकारी कार्यालयहरू भने अवश्क सतर्कता अपनाइ खाेलिने बताउदै रानाले उक्त कार्यलयका कर्मचारीहरूले अनिवार्य माक्स लगाएर एक सवारीसाधनमा एक जना मात्र सवार भइ परिचयपत्र देखाए रकार्यलय आवतजावत गर्न सक्ने बताएका छन् ।
नगर क्षेत्रमा लकडाउन गर्ने भनिए पनि बिहान ८ बजेदेखि ११ बजेसम्म भने सबै प्रकारका व्यापार व्यवसाय भने सञ्चालन गर्न पाउने बताइएकाे छ