धरान / धरान उपमहानगरपालिका–३ स्थित पिण्डेशवर मन्दिर जाने बाटो नजिक पहिरोले स्थानीयकोघर जोखिममा परेका छन् ।
यहाँका १६ घर उच्च जा्खिममा परेका छन् । जल्पारोडका १६ घर मध्य दुई घर पहिरोले क्षति गरेकोे  छ ।
स्थानीय शेरबहादुर मगरको भित्ताको ढिस्को झरेर घर भत्किएको छ । ढिस्को झर्दा फिन्जिङ भोटेको घर भत्किने अवस्थामा छ । घर भत्किने अवस्थामा पुगेपछि भोटेको अहिले ७ जनाको परिवार विस्थापित भएको छ । केही दिन अघिको पानीले पहिरोझर्न थाले पनि उपमहानगरको वेवास्ताले घ घर विस्तापित भएको हो ।
स्थानीयले त्रिपालले पहिरोलाई छेकेर राखेका छन् ।
धरान–४ को कालीमाटीमा पनि तीन घर विस्थापित हुने अवस्थामा पुगे पछि नेकपा प्रदेश कमिटी सदस्य तथा धरान नगर इन्चार्ज अइन्द्रविक्रम बेघालगायतको टोलीले पहिरो प्रभावित क्षेत्रको हिजो निरिक्षण गरेको थियो । दुवैस्थानको पहिरो रोक्न स्थानीय सरकारलेपहल गर्नु पर्ने उनले बताए ।