श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल साउन १७ गते शनिबार, १ अगष्ट २०२० । श्रावण शुक्लपक्षको त्रयोदशी तिथि २१ः३६ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र मूल ७ः४४ बजेसम्म, उप्रान्त पूर्वषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ५ः२७ र सूर्यास्त ६ः५२ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
सामाजिक प्रतिष्ठा बढेर जाला । मानसम्मान प्राप्त हुने देखिन्छ । दैनिक कार्यमा सफल भइएला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
खर्च बढेर जाला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन नसकिने देखिन्छ । अध्ययन–अध्यापनको क्षेत्र सामान्य छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
विद्यार्थी वर्गका लागि आजको दिन उत्तम देखिन्छ । जनजीवन सामान्य नै रहला । मन भने अशान्त रहने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापार–व्यवसायका लगानी नउठ्लान् । ऋणको कारोबार बढेर जाला । शरीरमा आलश्यता बढ्ने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नया“ स्थानको रमणीय यात्रा होला । सामाजिक मान प्रतिष्ठा बढ्नेछ । मिष्ठान्न भोजनको अवसर जुट्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । श्रमको उचित मूल्याङ्कन होला । पुनर्मिलनको योग छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिवारमा खुसी छाउनेछ । नया“ विषयको रुचि बढेर जाला । व्यापार–व्यवसायमा पनि राम्रै देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नया“ विषयमा दक्षता बढ्नेछ । विचाराधीन मुद्दाहरू सुल्झेलान् । पढाइ, लेखाइमा प्रगति हुने देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
घर–जग्गाको कारोबार बढेर जाला । वैदेशिक क्षेत्रका कार्यहरू यथावत् रहनेछन् । नया“ विषयको ज्ञान होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिवारमा माङ्गलिक कार्य आयोजना होला । कला, साहित्यप्रति रुचि बढेर जानेछ । समय राम्रै छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दाम्पत्य जीवन सफल होला । आशा नगरेका क्षेत्रबाट राम्रै प्रतिफल आउनेछ । प्रेममा सफल भइएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
महŒवपूर्ण कार्यको थालनी होला । सामाजिक विषयमा चाख बढ्नेछ । कला क्षेत्रमा प्रगति हुने योग परेको छ ।