श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल साउन १६ गते शुक्रबार, ३१ जुलाई २०२० । श्रावण शुक्लपक्षको द्वादशी तिथि २२ः४९ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र ज्येष्ठा ८ः२५ बजेसम्म, उप्रान्त मुल, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ५ः२७ र सूर्यास्त ६ः५२ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
छोटो तथा रमाइलो यात्रा होला । राजनैतिक विषयमा प्रगति हुनेछ । विद्याक्षेत्रमा सफलता मिल्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
काम गर्ने जोस, जागर बढेर जाला । नया विषयको खोज अनुसन्धानमा मन जानेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह) दैनिक कार्यमा प्रगति होला । अप्रत्यारित धनार्जनको समय छ । व्यापारिक वर्गमा राम्रै आम्दानि होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अनुशासित भएर कामगरे सफलता हात लाग्नेछ । अपरा कामहरुपुरा होलान् । यात्राको योग छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नया विसय वस्तु प्रतिको रुचि बढेर जाला । आक्रोसित नभइ काममा लाग्नु होला । समय ठिक खालेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कृषि तथा तत्जन्य व्यवसायमा राम्रै आम्दानि हुनेछ । व्यापारिक घाटा बेहोर्नुपर्ला । मन अशान्त रहला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नैलो विषयको अध्ययनमा रुचि बढ्नेछ । कष्टप्रद यात्रा होला । प्रेम पक्ष भने कमजोर नै छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धन खर्च बढेर जाला । आफ्नो क्षेत्रको प्रभुत्व कायम नै रहला । पारिवारिक कलहको सामना गर्नुपर्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विद्यार्थी तथा कर्मचारीवर्गका प्रति आजको दिन उत्तमछ । आरामदायी यात्रा होला । प्रेमपक्ष पनि राम्रो छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
साहित्य सङ्गीत र कलाका क्षेत्रको प्रगति यथावत रहला । नया क्षेत्रको कुरा मन जाने देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
वैचारिक इन्द्रले असहज बनाउला । दिनको उत्तरार्धमा अप्रिय समाचार सुन्न पर्ला । काममा प्रगति देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पारिवारिक सम्बन्ध सुध्रिएर जाला । मनमा नया कार्यगर्ने जोस बढ्नेछ । प्रेमपक्षमा प्रगति भएर जाला ।